दफा ३१
उपभोक्ता समूहको गठन
(१) सामुहिक हितका लागि कुनै वनको संरक्षण विकास र व्यवस्थापन गरी वन पैदावारको उपयोग गर्न चाहने त्यस्तो वनका सम्बन्धित उपभोक्ताले यस ऐनमा व्यवस्था भए बमोजिम उपभोक्ता समूह गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम गठन गरिएका उपभोक्ता समूह सम्बन्धित डिभिजन वन कार्यालयमा तोकिए बमोजिम दर्ता गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिम दर्ताको लागि सम्बन्धित उपभोक्ता समूहले विधान सहित संलग्न राखी निवेदन दिनु पर्नेछ।
(४) उपभोक्ता समूहले प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिम आर्थिक विवरण तथा वनको स्थिति समेत खुलाई आफ्ना क्रियाकलापको वार्षिक प्रतिवेदन सम्बन्धित स्थानीय तह र डिभिजन वन कार्यालय समक्ष पेश गर्नु पर्नेछ।